Monday, February 23, 2009

किन स्वच्छ नेपाली भनेर नचिनउने ???

नमस्ते तथा शुभ अभिबादन
हाम्रॊ जन्भुमी नेपाल प्राणभन्दा प्यारॊ छ भन्ने मूल मन्त्रलाइ हामी सबै नेपाली नागरीक्ता ग्रहण गर्ने स्वदेशमा वा प्रबाशमा रहने जनताहरूले हृदयंगम् गर्नैपर्दछ । नेपालकॊ राजनैतिक बिग्रदॊँ अबश्थाका कारणले करीब बिस लाख भन्दा धेरै नेपालीहरूले प्रबाशमा जीबन बिताइरेका छन् साथै देशलाइ आर्थीक टेवा स्वरूप अत्याधिक मात्रामा रेमिटेन्स समेत पाठाइरहेका कुरामा कसैले नकार्न मिल्दैन तर सत्ताकॊ खिचातानिले गर्दा हाम्रॊ देश दिन दुइ गुणा र रात चौगुणाका दरमा अबॊन्नती तर्फ धकेलिदै गैरहेकॊ अमिलॊ सत्यले हामीलाइ सधै मानसिक तनाब एबं जन्मभुमी र भाबी सन्ततीहरूका भबिश्यप्रति चिन्ता हुनु स्वभाबिक नै हॊ । स्वदेशमा दक्ष जनशक्तीले बेरॊजगारीका समस्या भॊग्नु पर्नाकॊ बिकल्प प्रबाशी जीबन बिताउनु पनि एक मूल कारण मान्नु पर्दछ यसरी प्रबाशी हुने क्रममा बि. सं. २०६५ सालसम्मकॊ श्रम मन्त्रालयकॊ तथ्याङ्कलाइ हेर्दा अधिकतम संख्यामा कामदारका रूपमा
इजरायलमा नेपाली महिलाहरू रहदै आएकॊ कुरा प्रष्ट हुन्छ । इजरायलमा महिला र पुरूषहरू बिभिन्न पेशा र उद्देश्यले लागभग पन्ध्रहजार संख्याकॊ हाराहारीमा रहदै आएका छन् यस्मा पनि बिशेष त केयरगीभरका रूपमा ९० प्रतिशत महिला नेपालीहरू कार्यरत छन् ,नेपाली महिला कामदारका लागी हरेक दृष्टिकॊणले अति उत्तम सुबिधा र कमाइ हुने देशका रूपमा इजरायललाइ मानिन्छ तर बिगतमा प्रबाशी इजरायलका कामदारहरूका बिबिध समस्याहरूका कारणले पटक,पटक नेपालकालागी इजरायल सरकारले नयाँ कामादारका लागी भिसा दिन बन्द गरीरहेका सत्यताकै कारणले र प्रबाशी नेपालीहरूकै पहलमा इजरायलमा नेपालकॊ राजदुताबास स्थापना भयॊ स्मरण रहॊस् इजरायली राजदुताबास नेपालमा स्थापीत भएकॊ ५० बर्ष भैसक्दा समेत र नेपालीकामदारहरूकॊ संख्या इजरायलमा बाह्र हजार भन्दा अधिकतम् भैसक्दा समेत पनि इजरायलमा नेपाली राजदुताबास स्थापीत थिएन ।
तर अहिले राजदुताबास स्थापीत अबधि दुइ बर्ष भैसक्दा पनि ति बिगतका झैँ नेपाली कामदारहरूका समस्या भने झनै तिब्र हुदै गइरहेका छन् , इजरायलका कार्यरत नेपालीहरूले नयाँ नेपाली झीकाउने क्रममा लागत मूल्य बढाबढका कारणले अप्रत्यक्ष रूपमा मान्छेकै किनबेच भएछै अनुभुति हुन्छ तथापी नेपालकॊ अबश्थाले गर्दा किमकर्तब्यबिमूख भएर प्रबाशीनुकॊ मर्का हामीमाझमा मनभरी छ यसरी प्रबाशिँदा जति नै धेरै मूल्य तिरेर इजरायलमा प्रबेश गरेता पनि ति नयाँ कामदारहरूले सुबिधा र कामकॊ निरन्तरता भने पाएका हुदैनन् यस्का पछाडी जिम्मेबार कॊ हुन् ?यस्बारेमा अनबिज्ञ सहायदै कॊहि नहॊला यस्ता समस्याकै बाबजुद पनि नेपाली कामदारहरूले नेपाली सामुहिकताकॊ भावना झल्काउने , सहायॊगी र भाइचाराकॊ बाताबरण बनाउन बिभिन्न संघ संस्थाहरूका स्थापन गर्दै आइरेका छन् यसै मध्य इजरायलमा प्रथम स्थापीत शामाजीक संस्थाकॊ रूपमा "नेपाली कामदार सहयॊगी मन्च " हॊ ,यसरी समाजीक कार्य र बिबिध क्रीयाकलापकॊ बारेमा जानकारी जनमानसमक्ष पुर्याउन र नेपालीहरूकै चिनारी स्वरूप ने.का. स. मन्चद्वारा सन् २००७ सालदेखि नेपाली राष्ट्रीय भाषामा \” नेपाल चौतारी मासिक पत्रिका\”कॊ इजरायलमा प्रकाशन शुरू गरीयॊ तर बिबिध प्रबाधिक कठीनाइका कारणले यस मासिक पत्रिकालाइ लामॊ समयसम्म निरन्तरता दिन सकियन जस्कॊ परीणाम स्वरूप यसै पत्रिकाकै प्रकाशन मण्डलका सदस्यहरू मिलेर कम्प्युटरमा नेपाली कला ,प्रतिभा र साहित्यकॊ चिनारी एबं इजरायलबाट प्रकाशीत प्रथम बेभ साइट प्रतिभा नेपाल डट कम अर्थात www.prativanepal.com कॊ सुरूवात गरीयॊ साथै इजरायलमा
नेपाल चौतारी कॊ पहिचान एउटा अलग्गै अर्थमा मानिन्थ्यॊ जस्कॊ भावनात्मक सम्बन्ध ६ बर्ष पुराना नेपालीहरूका मानसपटलमा अझै पनि छचल्कीरहन्छ यसै नेपाल चौतारीकॊ स्मरणलाइ जीबित र ताजा बनाइराख्न इजरायलमा कार्यरत केहि जागरूक नेपालीहरू मिलेर शुभ कार्यकॊ शुरूवात ढिलै भएनि सुभारम्भ गर्नाले शमाजमा यस्ले सकारात्मक प्रभाब छाड्नेछ भन्न अभिप्राय स्वरूप " सत्य ,तथ्य र ज्ञानकॊ शितल छहारी नमस्ते नेपाल चौतारी अर्थात www.nnchautari.com वेभ पत्रिकाकॊ थालनि गरीए तत् पश्चात इजरायलमा बेभसाइट निर्माण, सामाजीक संगठन र दलाली काम(एजेन्सि) गर्ने, बच्चा जन्माउने,इजरायली संग बिहे गर्ने ब्यक्तीहरू च्याउ झैँ उम्रीन थालेका छन् तर यी सबै देखासिखि गर्ने नेपाली प्रथा र स्वयंलाइ महान भनाउने प्रयास मात्रमा सिमित भएका छन् । समग्रमा इजरालमा नेपालीले नेपालीलाइ नै अप्रत्यक्ष रूपमा बिक्री गरीरहेका भान हुन जान्छ अतः यहाँ निर मलाइ एउटा प्रश्न गर्न मन लाग्छ हामीहरू सबै नेपाली नगरीक्ता वा राहदानिले चिनाउने नेपालीहरूलाइ प्रबाशमा किन तराइबासि,पहाडी,हिमाली,झापाली ,काठे ,दलाल इत्यादि भनेर बर्गीकृत र साम्प्रदायीक रूपमा किन चिनाउने ? बरू किन स्वच्छ नेपाली भनेर नचिनfउने ??? एकचित्त भएर शान्त मनले गम्नुस त ? धन्यबाद



क्रमश…..

Wednesday, February 18, 2009

लात्ताले खाइसेला

ठूला बडाका श्रीमान र श्रीमती एकदिन झगडा परेछ अनि श्रीमती चाँहि रिसाएर श्रीमानलाइ .......धेरै नकराइस्याेस अहिले लात्ताले खाइसेला नि भन्दैरेछिन्, के गर्नु अचेलका श्रीमती

दुइजना जड्याहा साँझपख हिड्दैरेछन्.....एउटाले भनेछ,ए हेर त त्यहाँ निर बाटामा के थुपारेका,नकुल्चि है....... अर्का चाँहि जढ्या त्यहि थुप्रै नजिकै गएर अलिकती हातमा लिएर जिब्राले चाख्दै....ए याे त कुकुरकै गू रे छ ,धन्न कुल्चिएनछ बा ???

Friday, February 13, 2009

पॊखरा (एक बिबेचना)

पॊखरा – श्याम रॊक्का

भगवानले यस ब्रम्हाण्डकॊ सृजना गर्ने क्रममा तिन लॊककॊ निर्माण गरेका हुन् जस्मा स्वर्ग, धर्ती र पाताल भनि नामाकरण गरीएका छन् यसै धर्ती अन्तरगत प्राकृतिक साधन श्रॊतले भरीपूर्ण सुन्दर देशका रूपमा नेपाललाइ मानिन्छ यसै नेपालकै पश्चिमी भुभागमा अबश्थीत पॊखरा नगरीलाइ स्वर्गकै एक अंश वा उपमाकॊ रूपमा भगवानले सृजना गरेका मान्नु पर्दछ, चारैतिर हरीया पहाड र हिमश्रृंखलाले मनमॊहक भइ श्रृङ्गारीएकॊ यस क्षेत्रकॊ बारेमा एक पल्ट भ्रमण गर्ने जॊ,कसैले बर्णन नगरी रहन अबश्य पनि सक्नेछैन । सम्पूर्ण साधनश्रॊतले भरीपुर्ण यस नगरीकॊ बिचमा सुसेल्दै बगेकॊ सेति नदीलाइ हेरेर प्रचण्ड गर्मीमा समेत मनलाइ शितलता प्रदान गर्दछ । फेवा , रूपा र बेगनाश तालकॊ पबित्र जल र फेवातालमा देखिने माछापुच्छ्रे हिमालकॊ प्रतिबिम्बले कस्कॊ शिर उच्च नहॊला र सिङ्गै पॊखरा नगरीकै गहनाकॊ रूपमा रहेकॊ पातली छाँगॊ लगायत पॊखरा नगरीकॊ गर्भमा लुकेर रहेकॊ महेन्द्र गुफाभित्रबाट छिप्दै बगेकॊ सेति नदिकॊ मनॊरम दृष्यले यस नगरीलाइ सुनमा सुघन्ध थपेकॊ छ ।बराही ,बिन्ध्याबासिनि र भद्रकाली देबीका मन्दिरहरू र तिनका पबित्रताले सिङ्गारीयकॊ पॊखरा नगरीकॊ बर्णन गरेर न लेखनाथ ,न धर्मराज न अलिमीया नै थाके तसर्थ नेपाली भइकन यस प्रकृतिक मनॊरम दृषयले भरीपुर्ण नगरकॊ भ्रमण बिना सहायद जीबन सार्थक हुदैन भन्दा अतियुक्ती नहॊला, अतः थन्क्याउ यॊ लेखलाइ अहिल्यै हेर्न जाँउ छिटॊलेखेकॊ पॊखरा भन्दा हेरेकॊ,टेकेकॊ पॊखरा मिठॊ

Monday, February 9, 2009

एकतर्फी माया - श्याम रोक्का


फुल्मा अनी पातमा तिमीलाई नै देख्छु
भोक , प्यास ,निन्द्रा छैन सपनामा नि तिमीमात्र

पहिलो हेराइमा घाइते भए ,झजल्को छ तिम्रैमात्र
तिमी आउछौ भन्ने आशामा बाटोभरी फुलहरु राखे


तिम्लाई जिबनसाथी पाऔ भनी मनकामना पनि भाके
हप्ता ,महिना बित्यो तर तिम्लाई फेरी कतै भेट भयन


तिम्रै तस्बिर हृदयमा छ अरु कोहिमा आँखा नै गऐन
कहाँ खोजु ,कस्लाई सोधु नाउ ,ठेगाना थाहा छैन

साच्चै बिलिन भयौ ,कतै स्वर्गबाट आयकी परी त हैन
पुनर्मिलनको आश गर्दागर्दै ,लाग्छ मेरो हार भो

तिमीबिनाको यो जिबन मलाई साह्रै भार भो
तिम्रै यादमा कल्पियर ज्यान बाँकी छ हाड्छाला

बाचुन्जेल पर्खिबस्छु यो जुनी तेस्सै गऐजाला
बर्षऔ पछी फेरी भेट भयो तर तिमी घुम्टी र डोलीमाथि

म त मरेतुल्य भऐ नि तीमी त आर्कैको भैइछौ जीबनसाथी


सुभेच्छाहरु तिम्लाई मेरो सधैं भाईरहनु हासी ,खुशी


प्रेम ईश्वरको बरदान भन्थे ,मेरो लागि भयो महान खिस्सी


एकतर्फी माया असफल हुदोरेछ बाच्दिन अब देउ मलाई मलाई बिशको शिसी

Saturday, February 7, 2009

सत्ता र सुबिधाकॊ मृगतृष्णा – श्याम रॊक्का

देश ,झण्डा र जन्भुमीकॊ महत्व बढ्दै जाँदॊरहेछ
जब सुबिधाकॊ मृगतृष्णमा परीवारदेखि टाढा समुन्द्रपारी हुनेछौँ
सॊध्छन् बिदेशी सबैले के हॊ ? नेपाल , कस्तॊ र कहाँ छ ?
भन्न मनलाग्छ प्राकृतिक गहनाले भरीपूर्ण र बिश्वकॊ ताज जहाँ छ
झल्याँस्स सम्झन्छु देशकॊ बिग्रदॊ राजनैतिक अबश्था अनि
मुटुमा भक्कानॊ फुट्छ,गहभरी आँशु भरीन्छ र नेपाली स्वाभिमान प्रति लाग्छ लाज
राजनैतिक दलदलमा फसेकॊ नेपाली कथा ब्यथा कसरी पॊखुँ यी बिदेशीहरू माझ
देश बिकाश, गणतन्त्र, राष्ट्रबाद, समाजबाद र शान्तिकालागी फुक्दैछन् नारा
गरीबि ,अभाब र रॊगले पील्सीएका छन् ति सॊझा नेपाली गाँउलेहरू सारा
केहि बिकाश शहरीक्षेत्रमा देखिन्छन् तैपनि अब्यबस्थीत छन् सबै शहर र भवन
हिजॊ आकाश ऒढेर ढुङ्गामाथी सुत्नेहरूका त्यहि महलमा छन् सयन र चयन
बिकाश छैन ,परीबर्तन सत्ताधारीकै मात्र भा छ झन् शान्ति सुरक्षा नै भएन
सिँहदरबार भित्र स्याल पसे नि बाघ झैँ गर्जने प्रथा नेपालमा कहिले गएन
महान नेताहरूका बिशेषता नै हॊ केबल कुर्शिकै लागी सधैँ हानथाप
पर्ख ! नेताहरू, सॊझा जनताहरूलाइ रूवाएकॊ अबश्य लाग्छ महापाप
जुनसुकै सरकार आए नि गरीबलाइ केहि भएन ,धनिहरूका मात्रै छ राज
जनयुद्दका सेल्टर थिए ति गाँउका स्कुलहरूमा छानॊ चुहिएकॊ छ आज
परेड खेल्ने,ज्यान बचाउने,युद्द सिक्ने त्यहि थिए जंगल ,पहाड र गाँउ
आज सत्तामा पुगे,झण्डा फहराए ,बिर्से सबै, फर्केर गएनन् ति बिकट ठाँउ
सत्ताका लडाँइमा भएका ति घाइतेहरू अझै शरीरभित्रै छर्रा लिएर हिडिरहेका छन्
लॊकतान्त्रीक प्रणालीमा पनि किन समाचारका संबाहक पत्रकाराइ नै गीडीरहेका छन् ?

Friday, February 6, 2009

सरकारले३ ओटा अध्यादेश ल्यायो

नेपालीप्रेस डटकम / डिसीनेपाल डटकम - संवाददाता सरकारले तीन ओटा अध्यादेश ल्याएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको मन्त्रीपरिषदको बैठकले व्यक्ति बेपत्ता पार्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश , मतदाता नामावलीसुची संकलन गर्न बनेको अध्यादेश , सार्वजानिक सेवालाई समावेशी बनाउनको लागि बनेको अध्यादेश जारी गर्ने निर्णय गरेको हो ।
सार्वजानिक सेवा समावेशी बनाउने अन्तर्गत आरक्षणमा राख्ने ४५ % मध्ये सेना, प्रहरी र शसस्त्र प्रहरीमा २० % , आदिवासी जनजाती ३२ % , मधेसी २८ % , दलित १५ % र पिछडिएका क्षेत्रमा ५ % छुट्ट्याईएको छ । अरु सेवामा महिला ३३%, जनजाती २७, मधेसी २२ , दलित ९, अपाङ्ग ५ र पिछडिएका क्षेत्रमा ४ % लाई आरक्षण दिईने भएको छ । अरु सेवा अन्तर्गत शिक्षा,स्वास्थ्य सेवा, बिशेस ऐन अन्तर्गतका सेवा छन् ।

Thursday, February 5, 2009

नेपाल कम्युनिष्ट पार्टी (मसाल) केन्द्रीय कार्यालय वक्तव्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल) केन्द्रीय कार्यालय वक्तव्य
Web : www.ncpmashal.org, Email : ncpmashal@gmail.com

फेब्रुअरी ०४, २००९
संविधानसभार्‍ारा संविधानको निर्माणको क्रममा सामान्यतः संविधानका कतिपय महत्वपूर्ण पक्षहरु र मुख्यतः एकात्मक शासन प्रणाली तथा स्थानीय स्वशानको बारे ने.क.पा. (मसाल)को अवधारणा स्पष्ट गर्नका लागि यो वक्तव्य जारी गरिएको छ।

१. नेपाल स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न धर्म निरपेक्ष र एकात्मक गणतन्त्र राज्य हो। हाम्रो देशमा शताब्दियौं देखि एकात्मक शासन रहूदै आएको छ। तर त्यसको प्रकृति सामन्ती, नोकरशाही र केन्द्रिकृत रहने गरेको छ। त्यसकारण त्यसको त्यो स्वरुपको अन्त्य गरी त्यसका ठाउूमा प्रजातान्त्रिक विकेन्द्रियता र स्थानीय स्वायत्त शासन माथि आधारित एकात्मक शासन प्रणाली कायम गरिनु पर्दछ। स्थानीय स्वायत्त शासनलाई मौलिक अधिकारको रुपमा मान्यता दिनुपर्दछ।

२. कुनै पिछडिएका जात वा जातिका जनता वहुसंख्यक रुपमा वसोवास गर्ने स्थानहरुमा जातीय स्वशासन कायम गरिनु पर्दछ। तर यस सन्दर्भमा हामीले यो स्पष्ट गर्न चाहन्छौं कि त्यसप्रकारको जातीय स्वशासन पिछडिएका जात वा जातिहरुको नै हुनेछ। पिछडिएका जात वा जातिहरुको वैज्ञानिक आधारमा मूल्यांकन गरेर सूची तयार गर्नुपर्दछ। त्यसप्रकारका सूचीकृत जात वा जातिहरुलाई नै जातीय स्वशासन वा अन्य आरक्षण सम्बन्धी अधिकारहरु प्राप्त हुनुपर्दछ।

३. संसद दुई सदनात्मक हुनेछ : (१) राष्टि्रय सभाय्.उच्च सदन। (२) प्रतिनिधि सभाय्.तल्लो सदन। उच्च सदनमा प्रतिनिधिसभार्‍ारा निर्वाचित सदस्यहरु, विभिन्न जात जातिका प्रतिनिधिहरु, देशका विभिन्न वर्ग र समुदायहरुका प्रतिनिधित्व गर्ने विशिष्ट व्यक्तिहरु, स्थानीय निकायहरुका प्रादेशिक समितिहरुबाट निर्वाचित प्रतिनिधिहरु तथा सरकारर्‍ारा मनोनित व्यक्तिहरु रहने छन्। प्रतिनिधिसभामा देशभरीबाट प्रत्यक्ष र समानुपातिक चुनावर्‍ारा निर्वाचित प्रतिनिधिहरु रहने छन्।

४. सरकार प्रमुख प्रधानमन्त्री हुनेछन्। जसको चुनाव, प्रतिनिधिसभाले गर्नेछ। राष्ट्रको प्रमुख राष्ट्रपति हुनेछन्, जसको चुनाव संसदका दुवै सदनहरु तथा जिल्ला प्रतिनिधिसभाका सदस्यहरुले गर्नेछन्।

५. राज्यको स्वरुप चार भागमा बाूडिने छ : (१) केन्द्र। (२) प्रदेश। (३) जिल्ला। (४) गाउू। शहरहरुमा गाउूहरुका स्थानमा नगरपालिकाहरु हुनेछन् र गाउूहरुबारे लेखिएका सबै कुराहरु नगरपालिकाहरु बारे लागु हुनेछन्।

६. विभिन्न प्रकारका भौगोलिक क्षेत्र, जात जाति, भाषा र संस्कृतिहरुलाई मिलाएर गठन गर्ने नीति अपनाइने छ। नेपालजस्तो वहुजातीय, वहुभाषिक देशमा त्यसरी प्रदेशहरुको गठन गरेर नै राष्टि्रय, जातीय र क्षेत्रीय एकताको सम्वर्धन हुन सक्नेछ। उक्त कुराहरुमाथि ध्यान दिंदै देशलाई सात प्रदेशमा बाूडिने छ य्. (१) कोशी प्रदेश। (२) सगरमाथा प्रदेश। (३) बाग्मती प्रदेश। (४) गण्डकी प्रदेश। (५) लुम्बिनी प्रदेश। (६) कर्णाली प्रदेश र (७) महाकाली प्रदेश।

७. अञ्चलहरुलाई मिलाएर प्रदेशहरुको निर्माण गर्दा कर्णाली र बाग्मती अञ्चलहरुको विशिष्ट अवस्थामाथि ध्यान दिंदै तिनीहरुलाई बेग्लै प्रदेशको रुपमा निर्माण गरिने छ भने अन्य दुई वा तीनवटा अञ्चलहरुलाई मिलाएर ५ वटा प्रदेशहरुको निर्माण गरिने छ। त्यस अनुसार मेची र कोशी अञ्चलहरुलाई मिलाएर कोशी प्रदेश, जनकपुर र सगरमाथा अञ्चलहरुलाई मिलाएर सगरमाथा प्रदेश, नारायणी, गण्डकी र धौलागिरी अञ्चलहरुलाई मिलाएर गण्डकी प्रदेश, राप्ती, लुम्बिनी र भेरी अञ्चलहरुलाई मिलाएर लुम्बिनी प्रदेश र सेती तथा महाकाली अञ्चलहरुलाई मिलाएर महाकाली प्रदेशहरुको निर्माण गरिने छ।

८. नेपालको स्वायत्त शासनका तीन स्तर हुनेछन् : प्रदेश, जिल्ला र गाउू। तीनवटै स्तरमा प्रशासन र स्थानीय स्वायत्त शासनको रुप र दुवैका बीचको पारस्पारिक सम्बन्धको प्रकृति बेग्लाबेग्लै रहने छन्। गाउूस्तरमा स्थानीय स्वायत्तशासनको पक्ष प्रधान रहनेछ, प्रशासनको पक्ष गौणय्. प्रादेशिक स्तरमा प्रशासनको पक्ष प्रधान रहने छ, स्वायत्त शासनको पक्ष गौण र जिल्ला स्तरमा दुवै पक्षहरु सामान्यतः समान रुपमा रहने छन्।

९. गाूउमा गाउू प्रतिनिधिसभा र गाउू समितिहरु हुनेछन्। तिनीहरुको चुनाव प्रत्यक्ष मतदानर्‍ारा हुनेछ। जिल्लामा गाउूहरुबाट प्रत्यक्ष मतदानर्‍ारा चुनिएका प्रतिनिधिहरुको प्रतिनिधिसभा र जिल्ला समिति हुनेछन्। प्रदेशमा जिल्ला समितिहरुबाट चुनिएका प्रतिनिधिहरुको प्रादेशिक समिति हुनेछ, तर प्रादेशिक प्रतिनिधिसभा हुनेछैन।

१०. गाउू र जिल्ला स्तरका स्थानीय एकाईहरुलाई संविधान र कानूनर्‍ारा निर्धारित अधिकार र क्षेत्र भित्र रहेर स्वतन्त्र रुपले काम गर्ने, कानूनका शर्तमा रही आफ्ना लागि आवश्यक कर्मचारी नियुक्त गर्ने अधिकार हुनेछ। प्रादेशिक समितिको भूमिका केन्द्रिय प्रशासन र स्थानीय स्वायत्त शासनका जिल्लास्तरीय इकाईहरुका बीचमा समन्वय कायम गर्ने, जिल्लास्तरीय इकाईहरुलाई सल्लाह र सहयोग गर्ने तथा उनीहरुका बीचमा समन्वय गर्ने हुनेछ।

११. कुनै जाति, जनजातिको सघन वा वहुसंख्यक जनताको वसोवास गर्ने स्थानमा जातीय स्वशासन कायम गर्नुका साथै गाउू र जिल्लामा छरिएर बसेका पिछडिएका जातय्.जातिको प्रतिनिधित्वका लागि उनीहरुको जनसंख्याका आधारमा गाउू वा जिल्लाहरुमा आरक्षणको व्यवस्था गरेर सम्बन्धित पिछडिएका जातय्.जातिका प्रतिनिधिहरुको चुनाव गरिने छ। देशभरी छरिएर बसेका पिछडिएका सूचीकृत जातय्.जातिका धर्म, भाषा, संस्कृति वा आर्थिक र सामाजिक सम्बर्धन र विकासका लागि राष्टि्रय स्तरमा एउटा जनजातिको र अर्को दलित जातिका बेग्ला बेग्लै जातीय कौसिलहरु बनाइने छन्। तिनीहरुले आवश्यकतानुसार प्रादेशिक वा जिल्ला स्तरमा कौसिलहरुको गठन गर्नेछन्।

१२. माथि उल्लेखित सबै प्रकारका चुनावहरुको प्रक्रिया संविधान वा कानूनमा निर्धातिर भए अनुसार हुनेछ। स्थानीय स्वायत्त शासनका प्रादेशिक, जिल्ला वा गाउूस्तरका इकाईहरुमा सरकारले तोकेका प्रतिनिधिहरु पनि रहने छन्। तर उनीहरुलाई कुनै पनि विषयमा निर्णय गर्दा मतदानको अधिकार हुनेछैन।

मिति : २०६५ माघ २१ गते

...................

मोहनविक्रम सिंह

महामन्त्री

Wednesday, February 4, 2009

क्रान्ती र देश – श्याम रॊक्का


प्रगति पथमा कसैले तगारॊ लगाउन सक्दैनन्
सम्पूर्ण नेपालीहरू एक ढीक्का भइ जुटेपछि
अशान्तिका बादल मडारीरहन्छ र रगतकॊ बर्षा भइरहन्छ
जहाँ एक भाइले अर्का भाइकॊ ज्यान मकै छै भुटेपछि
क्रान्ती र आन्दॊलनका नाउँमा
त्रास छ शहर अनि गाँउ ,गाँउमा
बिकाश हैन बिनाश ,युद्द र महंगीकै चल्याछ लहर
हिजॊकॊ शान्तिक्षेत्र नेपाल आज शान्तिकै लागी भा छ रहर

देशमा परीबर्तनका लागी संघर्ष गरे,रगत र अश्रुधारा बगाए
तनाब ,त्रास ,भॊक,अभाब साथमा नेपाली जनताहरू सधैँ कुकाए
इतिहाँसमा रगतका अक्षर अझै आलै छन् नेपालभित्रै
एक फौजले अर्को अर्का फौजका नेपालीहरूका लाश नै बिस्कुन झै सुकाए

सहिदहरूका परीवरले रूदै श्राप्दै होलान,किन तिनिहरूले अकालमा ज्यान गुमाए
केबल सत्ता ,सरकार र नेता परीबर्तन गराए ,पदाशीनहरू मात्रै रमाए ,जमाए ,कमाए
शीथील र थकीत छन् सारा नेपालीहरू ,छैन कसैमा उमंग ,जोश र जाँगर
राजनैतिक परम्परा नै यस्तै छ ,गर्ने भन्ने हनुमान ताज पाउने ढेडु बाँदर
संकटमा पर्यो नेपालीहरूका भबिश्य खै कहाँ गै गुहार मागौँ
हे ! नेपाली बिद्वान,चेतनशिल जनताहरू देशका लागी केहि गरौँ
प्रगति र सुधार चेतनामा लागौ
शुभकार्य ढिलै भएनि गर्न जागौँ
समस्यासंग जुधौँ कदापी नभागौँ

Tuesday, February 3, 2009

shyam


TU convocation & me

Action of shaym rokka


देशका दुश्मन हाम्रा दुश्मन....................

परदेश (कबीता)




परदेश – श्याम रॊक्का

परदेशमा रून्छ मन मेरॊ आज कीन
रात त काटीन्छ जसरी तर काटीदैन दिन ।।
सम्झीरहन्छु म त केबल तिम्रै मात्र मूहार
तिम्रै लागी ल्याउनेछु हिरा मॊती र जुहार ।।
माछापुच्छ्रे हिमालकॊ फेवातालमा छाँया
हाँस्खेल गर्छु अरूसंग तिम्लाइ चॊखॊ माया ।।
सगरमाथा चड्न भन्दा परदेशीनु गाह्रॊ
अनुहार तिम्रा कॊमल छन् तर मन कति साह्रॊ
परदेश म बस्याछु तिम्रै तस्बिर हेरेर
हेर्ने भए माया देखाउँकी यॊ छाती नै चिरेर ।।
फक्रीयका फूलका रस भवँराले चाख्छ
जति टाढा भएपनि तिम्रै माया लाग्छ ।।
कहिल्यै पनि सुक्नेछैन झरनाकॊ मूल
मेरै लागी साँची राख यॊबनकॊ फूल ।।
लेक भरीका चौरी गाइ बेशीतिर झर्यॊ
तिम्रै मायाले परदेशमा गर्नु मलाइ गर्यॊ ।।
लालीगुराँस फुलै फुल्यॊ ढकमक्क बन पाखा
फर्की आँउला म चाडै माया साँची राख ।।
कहिले देखुँ कहिले भेटुँ भाछ मेरी उनीलाइ
मेरॊ माया क्षणीक हैन जूनीजूनीलाइ ।।

poem

Feelings Of LoveI have feelings of love for the guy I see।
Does he love me too, what does he think of me?
I wish I could tell him he makes me whole, but I'm afraid to say
what's deep in my soul
।I don't want to lose him, for I would be alone
,and some days I just can't wait to hear his voice on the phone.
He does certain things to make me feel loved,
some days he wants to be alone and my heart is shoved.
I want to feel as though I am his safeguard,
the one he can come to when things get hard.
I will always be there to help him along,
and before we met I wasn't as strong.
I wish I could tell him what I feel inside,
but I'm afraid of what he'll say, how he'll act on the outside.

महापुरूष र जीबन – श्याम रॊक्का

महापुरूष र जीबन – श्याम रॊक्कायस पृथ्बीमा मानिस सर्बश्रेष्ठ प्राणी अनि शुखका मात्र चाहना राख्ने बानी , फेरी हाम्रॊ जीबन अनमॊल, अन्जान र अन्यौल पनि छ, सधै ,सबैले राम्रै गर्छु,ठूलै मान्छे बन्छु र धन पनि टन्न कमाउछु भन्न्ने इच्छा राखेकै हुन्छन् भन्न सकिन्न,यस्ता सतबुद्दि समयमा नै सबैका मगजमा छिरे त यस संसारमा बिचित्रता नै छाउथ्यॊ हॊला नि बेलामै मानिसका घैँटामा घाम नलागेतापनि राम्रा काम गर्नलाइ कुनै सिङ वा पुच्छर त पलाउन पर्दैन नि फेरी सुदिन ,लगन भन्ने पत्रॊमा लेखेकै भरलाइ शतप्रतिसत कुर्ने हॊ भने प्रगतिमा पछाडी पर्न पनि के बेर ?? असल बाटॊ पहिल्याउन ज्ञानका ज्यॊती फैलाउन कसैले कसैलाइ रॊकतॊक लगाएका हुन्नन् तर हामी नै बिना माउका चल्ला झैँ लक्ष बिहिन भएर कुनै राम्रा कार्यहरू गर्न र गराउन सकिरहेका हुदैनौँ फेरी अर्काले प्रगति गरेका देखेर अनि जे आयॊ तेहि लेखेर परीक्षामा पास हुने नि त हैन, सुख्खा खेतमा अन्न छरेर गाँउबाट शहर झरेर मात्र के गर्नु प्रतिफलकॊ आशा गरेर ,मेहनत गर्ने रातभरी टुप्पीलाइ दलिनमा बाधेँर लॊडसेडीङमा नि टुकी ,मैन बत्ती बालेर पढ्नेलाइ असफलताले कहिल्यै छॊएकॊ छ र ?बेलैमा मेहनत गरे ,तालीममा पसिना बगाए त जीबन धनधान्य र भबिश्य उज्जवल हुने कुरामा कस्का दुइमत हॊला र ? तर के गर्नु जब कालले पासॊ हाल्दै ल्याँउछ अनि हामीलाइ ज्ञानगुनका कुरामा चासॊ लाग्दै आँउछ,कमाउने बेलामा नकमाएसी खर्च गर्ने बेलमा रित्तै खल्ती छामेर के गर्नु ? हातमा लाग्यॊ सुन्य मात्रै हुन्छ । केटाहरूका त के कुरा गरूँ पहिले सालीका आशक्तहरू अहिले कालीका भक्त भएका छन्,हिजॊ खन्तीराज भएर बदनाम कमाएकाहरू आज सन्तराज भएर रामनाम गुन्न थालेका छन् । नेपाली संस्कारै यस्तै छ फेरी मानब संसारै यस्तै छ आफु पनि उस्तै साठी नपुन्जेल पाठीका घिच्रॊ नि निमॊठीयॊ लाटीका तिघ्रॊ नि चिमॊटीयॊ ,कतै झण्डै आफ्नै ज्यान गएन कतै कैयौँका अकालमा ज्यान नि लिइयॊ,के गर्ने बेलै त्यस्तै परेथ्यॊ मलाइ कि मार्नु पर्ने कि मर्नु पर्ने, यहाँ इजरायलमा डुँडा,लुला, लँगडा त कत्ती बर्ष बाँच्ने चाहना पालीरहेका हुदाँ रेछन उतिखेर जबानीमा के, कसैलाइ नि मर्ने र भॊली बुढॊ भइन्छ भन्ने त मन चित्तमा के आँउथ्यॊ र प्रगतिका लागी जबानीका जॊशमा हॊश नपुर्याइ कतै जॊरै हात लम्क्याइयॊ कतै सॊह्रै भाइ झप्क्याइयॊ,कतिका घाँटी अठ्याइयॊ कतिका गाँठी झिप्ट्याइयॊ जब दाँत झर्दै र आँत मर्दै आयॊ अनि बल्ल सुमार्गका खॊजी र असल साथीहरूका संगत गर्न मन लाग्यॊ ,बुढापाकाकॊ भनाइ छ एक महापुरूषका संगतले खराब मानिसलाइ सुधार्छ भन्ने त्यसैले मर्ने बेलामा भएनि महापुरूषका संगत गर्नु एक गुन पाइन्छ स्वर्ग जाइन्छ तर अचेल महापुरूष पाउने कहाँ उसै त नेपालकॊ जनसंख्यमा पुरूष भन्दा महिलाकै बाहुल्यता देखिन्छ तिनै पुरूषहरूबाट नि केहि लाहुरे भएर बिदेशीने र केहि स्वदेशमा नै चाउरे भएर लत्तारीरहेकाकॊ के भाउ ? यस बाहेक जे जती बाँकी रहन्छन् ति पनि आधुनिक जमानाकॊ जाँतॊमा सभ्यताकॊ सातु पिसे झैँ जिङरीङ्ग झ्याउरीएका छन् खै कहाँ खॊजुँ महापुरूष ? यहाँ त केबल लघु पुरूषकै बाहुल्यता छ तर ढिलै भएनि राम्रै कामका शुरूवात र महापुरूषका संगतले नै जीबन सार्थक हुनेछ ।

(सत्य घटना) गॊमा श्रेष्ठ

इजरायलमय नेपाल…(सत्य घटना)
आफ्नो मातृभुमी लाई हेँला गरेर म आज भन्दा ६ बर्ष अगाडि पर्देश हेलिएको हुँ धेरै पैसा बटुल्ने दुस्साहस् बोकेर यो यहुदी मात्र को देश इजरायल । मैले बिदेश जान्छु भन्दा मेरो घरमा असहमती को पहाड नै खनिएको थियो तैपनी आफन्त र साथीभाइ को सहयोग ले म यहाँ सम्म आएको थिए। यहाँ आएपछी लाग्यो कि आफ्नै देश मा दस नङ्रा खियाउनु एक्दमै उतम रहेछ । किनभने मैले तेस्को लागि मोटो रकम डा. रामलाइ पे गरेको थिए आफ्ना इस्टमित्र अनी साथीभाइ सबै सँग रीण काढेर । त्यही सम्झेर म यहाँ जसो तसो बस्न वाध्य थिएँ। त्यती बेला साँढे दुई लाख पैसा तिरेर सामान्य हिब्रु भाषा सिकेर म यहाँ आएको थिएँ।तर अहिलेको समय निकै परिवर्तन भइसकेछ। काठमाडौं का पत्र-पत्रीका हरु देखी लिएर प्रत्येक् टोल्-टोल इज्रराएल मय भैसकेको रहेछ । जहाँ देख्यो इस्रएल खुल्यो हिब्रु भाषा सिकाउने रे। अनी इज्रराएल जान को लागि ६-७ लाख रे। ओहो त्यो रकम भनेको यहाँ आएर राम्रो काम भेट्यो भने १ बर्ष को कमाइ हो हैन भने २ बर्ष मा पनि त्यो पैसा उठाउन गाह्रो हुन्छ। र तेतिकै मा भाषाको समस्या ले नेपाल फर्केका पनि धेरै छन,मानसिक तनाबले गर्दा कत्ति त पागल भएर इजरायलका अस्पताल भर्ना पनि छन्। हालसम्म २ पुरूष र २ महिला नेपाली कामदारहरूले इजरायलमा अकालमा ज्यान गुमाइसकेका छन् तर यी तिता बास्तबिक्ता मैले नलेखिरहन सकिन तर यहि सत्यतालाइ नेपाली म्यानपावर र दलालहरूले ढाँटेर इजरायलबाट पछि अन्य पश्चिमी युरॊपीयन देशमा जान सजिलै सकिने समेत प्रलॊभन देखाइ सिधा नेपालीहरूलाइ इजरायल प्रति लालाहित तुल्याइ रहृका छन् यी सरासर कानून संगत भएन तर यस्कॊ बिरूद्दमा खै कस्ले बिचार गर्ला ? के यी मेरा सत्य लेखप्रति नेपालका सम्बन्धित निकायहरूले नियालेर अध्यन गर्लान त ?डेढ बर्ष अगाडी नि यस्तै बिकराल समस्याले नेपाली कामदारहरूलाइ इजरायलमा काम गर्ने भिसा दिन प्रतिबन्धित गरेकॊ थीयॊ तर पुनः इजारयलमा नेपाली कामदारलाइ वर्क परमीट खुल्यॊ तर कमिसनकॊ चर्काइले र यहाँ भित्री सकेका नेपालीहरू सबैले काम नपाइरहेका अबश्था सत्यताले गर्दा पुनः नेपाली कामदारहरूका इजरायलमा बिजॊग हुने कुरामा कसैका दुइमत नहाेला ।अब प्रसँग बदलु! अस्ती मात्र म नेपाल पुगेर फर्केकी। मलाई एउटा म्यानपावर ले बहिनी मेरोमा २-४ दिन हिब्रु सिकाउन आइदिनु पर्‍यो भनेर आग्रह गर्नु भयो मैले हुन्छ भने अनी तेती हुँदाहुँदै २-४ जना शिक्षक सँग मेरो परिचय भयो जो इज्रराएल मा केही समय बसेर फर्केक हुनुहुन्थ्यो। जस्लाई त्यो देश को मुद्रा लाई के भन्छ भन्ने पनि थाहा थिएन। एउटा हिब्रु गाईड वा कम्प्यूटरबाट झीकिएका सिलेबस लाई आधार मानेर उहाँ हरु ले सिकाउनु हुदो रेछ जुन एक्दमै गलत थियो । इज्राएल मा अङ्रेजी मा लेखेको कुरा लाई सिधा बोलिदैन यहाँ आफ्नै भाषा प्रयोग हुन्छ अनी आफ्नै लिपी। हिटलरकॊ H लाइ समेत उच्चारण गर्दैनन् भन्ने कुरा ती बागबजार,काठमाण्डुमा पढाउने सरलाइ थाहा नै नभएर HOLON लाइ “हुलॊन” भनि पढाइ रहेका गलत नमूनालाइ मैले सच्चाएर “खुलॊन” हुन्छ भनेर सम्झाएँ तर उहाँले ठूलै बिबाद पश्चात मात्र मान्न तयार हुनु भॊ तर यस्ता इजरायली भाषाका शब्दहरूलाइ गलत अर्थ दिने “तॊदा”[THANKS]लाइ तुडा भनेर पढाइ रहेका ,HOW R U ? लाइ हिब्रुमा “मानिस्मा” भनेर सिकाए पुग्नेमा अनेक अप्ठ्यारा शब्दहरू सिकाइ रहेका मेरै आँखाले देखेँ झन् हिब्रुमा STRAW ” कास” भन्नु पर्नेमा “कुस” भनेर पढाइरहेका समेत देखेँ जुन अर्थका अनर्थ मात्र नलागी अश्लिल समेत हुन जान्छ भन्ने ति मास्टरलाइ के ज्ञान ? उनिहरूलाइ त प्रति बिध्यार्थी दश देखि पन्ध्र हजार रूपैँया कमाइ भैरहेकॊ रे छ हिब्रु भषा पढाएर तर मैले सहन नसकेर सम्भब भएसम्म र ६ बर्षकॊ अबधिमा मैले जानेका हिब्रु भषा निःशुल्क शुद्दिकरण गर्ने सानै भएनि प्रयत्न गरेँ तर एक,दुइ ठाँउमा मात्र हिब्रु भाषा सिकाउने भए पॊ सारा नेपाल नै इजरायलमय भा रे छ ,अचम्म लाग्यॊ मलाइ त………अनी मलाई लाग्यो यो हाम्रो देश कस्तो थियो पहिला अनी अहिले कस्तो भएर गएछ अरु देश हरु दिन दिनै प्रगती को पथ मा छन हाम्रो देश चै उधो गती र फितलॊ शिक्षा प्रदान गर्नमा लगेको रहेछ। सबै तिर अस्त ब्यस्त रे छ ,अभाब भन्दा अरू केहि प्रगति देखिन मैले अर्का कुरा, म राजसत्ता हुदाँ नेपाल छाडेका थिएँ तर अहिल्यै राष्ट्रपती प्रणाली भैसकेकॊ महत्वपूर्ण परीबर्तन भने पक्कै देखेँ । जे हॊस नेपालमा अलि शान्ति भने भा कै मान्नुपर्छ अनि मुल्यबृद्दिले त सगरमाथा नै नाघ्न लागीसकेछ तर कम्सेकम ल्यांगवेज ईन्स्टिच्युट चलाऊने भनेका दर्ता भएकै प्रा.लि. हुनुपर्छ तर त्यस्तॊ मनॊमानि र गलत शिक्षाले कम्पनि कानून प्रति र हिब्रु भाषाका अज्ञानी सर बन्ने दुश्प्रयास गर्नेहरूप्रति हामी सबैले प्रश्न चिन्ह लगाउने कि नलगाउने ?? यस्मा दॊषी कॊ हुन् ? के ? ति कन्सल्टेन्सी,म्यानपावर प्रा. लि. ,शिक्षक वा इजरायल प्रति लालाहित ति सॊझा नेपालीहरू वा इजराय बसि नेपाली झीकाउने नेपाली दलालहरू ?? वा प्रा.लि. चलाउने अनुमति पत्र दिने सम्बन्धिन सरकारी निकायकॊ पॊ ध्यानाकर्षण न भा कॊ हॊ की ?? हामी सबै प्रबाशका नेपालीका एउटै माग हॊ ति हेर्दा साना गलत कार्यका थालनिले एक दिन नेपाली स्वाभिमान, बिश्वास र शीक्षा प्रति सम्पूर्ण बिदेशी मूलुकहरूले प्रश्न लागउने अबशर नपाउन ,यस बिषयमा सबैलाइ समयमा नै सुधारचेतना हॊश………………………..।लेखिका गॊमा श्रेष्ठ ,(हाल इजरायल)

'सरकार जीवनमरणमा’

काठमाडौं, माघ १३ - प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको अपेक्षा पूरा गर्न सरकार जीवनमरणको संघर्षमा रहेको बताएका छन् । उनले सरकारका सचिवलाई आइतबार निर्देशन दिँदै घोषणा गरेका कार्यक्रम तत्काल कार्यान्वयन गर्न जीवनमरणको सबाल भएको बताएका हुन् ।सिंहदरबारमा सोमबार आयोजित सचिवको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जनताले महसुस गर्ने गरी परिवर्तन गरेर देखाउन दह्रो कदम चाल्न निर्देशन दिए । 'जनताका अपेक्षा पूरा गर्न अहिले हामी जीवनमरण -लाइफ एन्ड डेथ) को संघर्षमा छौं । उनले भने, 'मन्त्रालयका योजना कार्यान्वयन जनताले परिवर्तनको अनुभूति हुनुपर्छ । नत्र खतरा हुन्छ ।'सम्बोधनको भोलिपल्ट सरकारका विशिष्ट श्रेणीका कर्मचारीको बैठक बोलाई प्रधानमन्त्रीले सुधारका कार्यक्रम कडाइपूर्वक कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । आइतबार दाहालले खाजाको समय एकदेखि दुई बजेबाहेक तोेकिएको समयमा अनिवार्य कार्यालयमा उपस्थित हुनुपर्ने, जनताका काम छिटोछरितो गर्न टोकन प्रणाली अपनाउन र काम हुन नसके लिखित प्रस्टीकरण दिनुपर्ने घोषणा गरेका थिए ।उनले जनतालाई तत्काल परिवर्तनको अनुभूति दिलाउन नसके मुलुकले गम्भीर संकटको सामना गर्नुपर्ने उल्लेख गर्दै स्पष्ट योजना र कार्यक्रम निर्माण गरी कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन दिए । 'अब ढिला गरे राष्ट्र नै असफल हुन्छ भनेर सरकारले नयाँ घोषणा गरेको हो,' उनले भने, 'कार्यान्वयन नगरे राष्ट्र असफल हुन्छ ।' उनले आफ्नो घोषणा चिन्ताको अभिव्यक्ति भएको भन्दै घोषणालाई व्यवहारमै देखाउन आग्रह गरे ।उनले सरकारले एक महिनाभित्र आमूल परिवर्तन नसके पनि प्रशासनलगायत अन्य क्षेत्रमा परिवर्तन गरेर देखाउन सकिने दाबी गरे ।'हामी एक महिनाभित्र जादु त गर्न सक्दैनौं,' उनले सचिवहरूलाई निर्देशन दिए, 'तर परिवर्तनको अनुभूति दिन भने अवश्यसक्छौं ।'नेपाल सरकारका सचिव सक्षम भए पनि नेतृत्वको कमी भएको उनले औंल्याए । सरकारका योजना कार्यान्वयन गर्न सचिवहरूले जाँगर देखाउनुपर्ने उनको भनाइ थियो । 'विगतमा भएन, अब जाँगरका साथ नयाँ योजना बनाएर कार्यान्वयन गर्नुपर्‍यो ।' आफ्नो सम्बोधनको मर्म र भावना नबुझे अप्ठ्यारो पर्ने चेतावनी उनले दिए, 'सरकारको स्पि्रटलाई बुझ्नुभएन भने खतरा उत्पन्न हुनेछ ।'प्रधानमन्त्रीले सरकार ढल्छ कि भनेर अन्योलमा नपर्न पनि सचिवहरूलाई विश्वस्त गराए । 'अहिले सरकार ढल्दैन,'उनले भने, 'कसैले ढाल्न खोजे त्यो आत्मघाती हुनेछ ।' उनलेे आइतबार घोषणा गरेका कार्यक्रम सरकारको आयुसँग नभई समग्र शान्ति प्रक्रियासँग जोडिएको जनाए ।आफूले गरेको सम्बोधन गरेका कार्यक्रममा नीतिगत विमति कसैको नभएको दाबी गरे ।सम्बोधनमा प्रशासन क्षेत्रको सुधार, सामाजिक विकृति, विसंगतिको अन्त्य, जनतालाई तत्काल राहत दिनेलगायतका सुधारका कार्यक्रम महत्त्वका साथ उठाइएको छ ।सचिवहरूको बैठकमा मुख्यसचिव भोजराज घिमिरेले सम्बोधनमा उल्लेखित कार्यक्रमलाई सफल पार्न स्पष्ट कार्ययोजना र कार्यतालिका बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए ।

Sunday, February 1, 2009

इस्राइलको रमाइलो कथा

म ललित कुंवर मेरो उमेर अहिले चालीस बर्ष मैले जीवनमा धेरैकुरा हरुको अनुभाभा गर्ने अबसर पाएको छू । नेपालमा मैले करिव १० बर्ष गैर सरकारी सस्थामा रही सेवा गरेको थिय। तेसबेलामा गरेका सेवाहरुको सम्झानागर्दै अहिले यहाँ आएर बुदाबुदिहरुको सेवा गारी मेवा खान पाएकोमा झनैखुसी छू तर यहाँ अहिले पाएको सेवा सुबिधा नेपालमाँ गएर कसरी सम्हालने यही नै आजको चिन्ताको बिषय छ। क्रमस। ललित कुंवर