Tuesday, February 3, 2009

परदेश (कबीता)




परदेश – श्याम रॊक्का

परदेशमा रून्छ मन मेरॊ आज कीन
रात त काटीन्छ जसरी तर काटीदैन दिन ।।
सम्झीरहन्छु म त केबल तिम्रै मात्र मूहार
तिम्रै लागी ल्याउनेछु हिरा मॊती र जुहार ।।
माछापुच्छ्रे हिमालकॊ फेवातालमा छाँया
हाँस्खेल गर्छु अरूसंग तिम्लाइ चॊखॊ माया ।।
सगरमाथा चड्न भन्दा परदेशीनु गाह्रॊ
अनुहार तिम्रा कॊमल छन् तर मन कति साह्रॊ
परदेश म बस्याछु तिम्रै तस्बिर हेरेर
हेर्ने भए माया देखाउँकी यॊ छाती नै चिरेर ।।
फक्रीयका फूलका रस भवँराले चाख्छ
जति टाढा भएपनि तिम्रै माया लाग्छ ।।
कहिल्यै पनि सुक्नेछैन झरनाकॊ मूल
मेरै लागी साँची राख यॊबनकॊ फूल ।।
लेक भरीका चौरी गाइ बेशीतिर झर्यॊ
तिम्रै मायाले परदेशमा गर्नु मलाइ गर्यॊ ।।
लालीगुराँस फुलै फुल्यॊ ढकमक्क बन पाखा
फर्की आँउला म चाडै माया साँची राख ।।
कहिले देखुँ कहिले भेटुँ भाछ मेरी उनीलाइ
मेरॊ माया क्षणीक हैन जूनीजूनीलाइ ।।

No comments:

Post a Comment