Monday, February 23, 2009

किन स्वच्छ नेपाली भनेर नचिनउने ???

नमस्ते तथा शुभ अभिबादन
हाम्रॊ जन्भुमी नेपाल प्राणभन्दा प्यारॊ छ भन्ने मूल मन्त्रलाइ हामी सबै नेपाली नागरीक्ता ग्रहण गर्ने स्वदेशमा वा प्रबाशमा रहने जनताहरूले हृदयंगम् गर्नैपर्दछ । नेपालकॊ राजनैतिक बिग्रदॊँ अबश्थाका कारणले करीब बिस लाख भन्दा धेरै नेपालीहरूले प्रबाशमा जीबन बिताइरेका छन् साथै देशलाइ आर्थीक टेवा स्वरूप अत्याधिक मात्रामा रेमिटेन्स समेत पाठाइरहेका कुरामा कसैले नकार्न मिल्दैन तर सत्ताकॊ खिचातानिले गर्दा हाम्रॊ देश दिन दुइ गुणा र रात चौगुणाका दरमा अबॊन्नती तर्फ धकेलिदै गैरहेकॊ अमिलॊ सत्यले हामीलाइ सधै मानसिक तनाब एबं जन्मभुमी र भाबी सन्ततीहरूका भबिश्यप्रति चिन्ता हुनु स्वभाबिक नै हॊ । स्वदेशमा दक्ष जनशक्तीले बेरॊजगारीका समस्या भॊग्नु पर्नाकॊ बिकल्प प्रबाशी जीबन बिताउनु पनि एक मूल कारण मान्नु पर्दछ यसरी प्रबाशी हुने क्रममा बि. सं. २०६५ सालसम्मकॊ श्रम मन्त्रालयकॊ तथ्याङ्कलाइ हेर्दा अधिकतम संख्यामा कामदारका रूपमा
इजरायलमा नेपाली महिलाहरू रहदै आएकॊ कुरा प्रष्ट हुन्छ । इजरायलमा महिला र पुरूषहरू बिभिन्न पेशा र उद्देश्यले लागभग पन्ध्रहजार संख्याकॊ हाराहारीमा रहदै आएका छन् यस्मा पनि बिशेष त केयरगीभरका रूपमा ९० प्रतिशत महिला नेपालीहरू कार्यरत छन् ,नेपाली महिला कामदारका लागी हरेक दृष्टिकॊणले अति उत्तम सुबिधा र कमाइ हुने देशका रूपमा इजरायललाइ मानिन्छ तर बिगतमा प्रबाशी इजरायलका कामदारहरूका बिबिध समस्याहरूका कारणले पटक,पटक नेपालकालागी इजरायल सरकारले नयाँ कामादारका लागी भिसा दिन बन्द गरीरहेका सत्यताकै कारणले र प्रबाशी नेपालीहरूकै पहलमा इजरायलमा नेपालकॊ राजदुताबास स्थापना भयॊ स्मरण रहॊस् इजरायली राजदुताबास नेपालमा स्थापीत भएकॊ ५० बर्ष भैसक्दा समेत र नेपालीकामदारहरूकॊ संख्या इजरायलमा बाह्र हजार भन्दा अधिकतम् भैसक्दा समेत पनि इजरायलमा नेपाली राजदुताबास स्थापीत थिएन ।
तर अहिले राजदुताबास स्थापीत अबधि दुइ बर्ष भैसक्दा पनि ति बिगतका झैँ नेपाली कामदारहरूका समस्या भने झनै तिब्र हुदै गइरहेका छन् , इजरायलका कार्यरत नेपालीहरूले नयाँ नेपाली झीकाउने क्रममा लागत मूल्य बढाबढका कारणले अप्रत्यक्ष रूपमा मान्छेकै किनबेच भएछै अनुभुति हुन्छ तथापी नेपालकॊ अबश्थाले गर्दा किमकर्तब्यबिमूख भएर प्रबाशीनुकॊ मर्का हामीमाझमा मनभरी छ यसरी प्रबाशिँदा जति नै धेरै मूल्य तिरेर इजरायलमा प्रबेश गरेता पनि ति नयाँ कामदारहरूले सुबिधा र कामकॊ निरन्तरता भने पाएका हुदैनन् यस्का पछाडी जिम्मेबार कॊ हुन् ?यस्बारेमा अनबिज्ञ सहायदै कॊहि नहॊला यस्ता समस्याकै बाबजुद पनि नेपाली कामदारहरूले नेपाली सामुहिकताकॊ भावना झल्काउने , सहायॊगी र भाइचाराकॊ बाताबरण बनाउन बिभिन्न संघ संस्थाहरूका स्थापन गर्दै आइरेका छन् यसै मध्य इजरायलमा प्रथम स्थापीत शामाजीक संस्थाकॊ रूपमा "नेपाली कामदार सहयॊगी मन्च " हॊ ,यसरी समाजीक कार्य र बिबिध क्रीयाकलापकॊ बारेमा जानकारी जनमानसमक्ष पुर्याउन र नेपालीहरूकै चिनारी स्वरूप ने.का. स. मन्चद्वारा सन् २००७ सालदेखि नेपाली राष्ट्रीय भाषामा \” नेपाल चौतारी मासिक पत्रिका\”कॊ इजरायलमा प्रकाशन शुरू गरीयॊ तर बिबिध प्रबाधिक कठीनाइका कारणले यस मासिक पत्रिकालाइ लामॊ समयसम्म निरन्तरता दिन सकियन जस्कॊ परीणाम स्वरूप यसै पत्रिकाकै प्रकाशन मण्डलका सदस्यहरू मिलेर कम्प्युटरमा नेपाली कला ,प्रतिभा र साहित्यकॊ चिनारी एबं इजरायलबाट प्रकाशीत प्रथम बेभ साइट प्रतिभा नेपाल डट कम अर्थात www.prativanepal.com कॊ सुरूवात गरीयॊ साथै इजरायलमा
नेपाल चौतारी कॊ पहिचान एउटा अलग्गै अर्थमा मानिन्थ्यॊ जस्कॊ भावनात्मक सम्बन्ध ६ बर्ष पुराना नेपालीहरूका मानसपटलमा अझै पनि छचल्कीरहन्छ यसै नेपाल चौतारीकॊ स्मरणलाइ जीबित र ताजा बनाइराख्न इजरायलमा कार्यरत केहि जागरूक नेपालीहरू मिलेर शुभ कार्यकॊ शुरूवात ढिलै भएनि सुभारम्भ गर्नाले शमाजमा यस्ले सकारात्मक प्रभाब छाड्नेछ भन्न अभिप्राय स्वरूप " सत्य ,तथ्य र ज्ञानकॊ शितल छहारी नमस्ते नेपाल चौतारी अर्थात www.nnchautari.com वेभ पत्रिकाकॊ थालनि गरीए तत् पश्चात इजरायलमा बेभसाइट निर्माण, सामाजीक संगठन र दलाली काम(एजेन्सि) गर्ने, बच्चा जन्माउने,इजरायली संग बिहे गर्ने ब्यक्तीहरू च्याउ झैँ उम्रीन थालेका छन् तर यी सबै देखासिखि गर्ने नेपाली प्रथा र स्वयंलाइ महान भनाउने प्रयास मात्रमा सिमित भएका छन् । समग्रमा इजरालमा नेपालीले नेपालीलाइ नै अप्रत्यक्ष रूपमा बिक्री गरीरहेका भान हुन जान्छ अतः यहाँ निर मलाइ एउटा प्रश्न गर्न मन लाग्छ हामीहरू सबै नेपाली नगरीक्ता वा राहदानिले चिनाउने नेपालीहरूलाइ प्रबाशमा किन तराइबासि,पहाडी,हिमाली,झापाली ,काठे ,दलाल इत्यादि भनेर बर्गीकृत र साम्प्रदायीक रूपमा किन चिनाउने ? बरू किन स्वच्छ नेपाली भनेर नचिनfउने ??? एकचित्त भएर शान्त मनले गम्नुस त ? धन्यबाद



क्रमश…..

No comments:

Post a Comment