महापुरूष र जीबन – श्याम रॊक्कायस पृथ्बीमा मानिस सर्बश्रेष्ठ प्राणी अनि शुखका मात्र चाहना राख्ने बानी , फेरी हाम्रॊ जीबन अनमॊल, अन्जान र अन्यौल पनि छ, सधै ,सबैले राम्रै गर्छु,ठूलै मान्छे बन्छु र धन पनि टन्न कमाउछु भन्न्ने इच्छा राखेकै हुन्छन् भन्न सकिन्न,यस्ता सतबुद्दि समयमा नै सबैका मगजमा छिरे त यस संसारमा बिचित्रता नै छाउथ्यॊ हॊला नि बेलामै मानिसका घैँटामा घाम नलागेतापनि राम्रा काम गर्नलाइ कुनै सिङ वा पुच्छर त पलाउन पर्दैन नि फेरी सुदिन ,लगन भन्ने पत्रॊमा लेखेकै भरलाइ शतप्रतिसत कुर्ने हॊ भने प्रगतिमा पछाडी पर्न पनि के बेर ?? असल बाटॊ पहिल्याउन ज्ञानका ज्यॊती फैलाउन कसैले कसैलाइ रॊकतॊक लगाएका हुन्नन् तर हामी नै बिना माउका चल्ला झैँ लक्ष बिहिन भएर कुनै राम्रा कार्यहरू गर्न र गराउन सकिरहेका हुदैनौँ फेरी अर्काले प्रगति गरेका देखेर अनि जे आयॊ तेहि लेखेर परीक्षामा पास हुने नि त हैन, सुख्खा खेतमा अन्न छरेर गाँउबाट शहर झरेर मात्र के गर्नु प्रतिफलकॊ आशा गरेर ,मेहनत गर्ने रातभरी टुप्पीलाइ दलिनमा बाधेँर लॊडसेडीङमा नि टुकी ,मैन बत्ती बालेर पढ्नेलाइ असफलताले कहिल्यै छॊएकॊ छ र ?बेलैमा मेहनत गरे ,तालीममा पसिना बगाए त जीबन धनधान्य र भबिश्य उज्जवल हुने कुरामा कस्का दुइमत हॊला र ? तर के गर्नु जब कालले पासॊ हाल्दै ल्याँउछ अनि हामीलाइ ज्ञानगुनका कुरामा चासॊ लाग्दै आँउछ,कमाउने बेलामा नकमाएसी खर्च गर्ने बेलमा रित्तै खल्ती छामेर के गर्नु ? हातमा लाग्यॊ सुन्य मात्रै हुन्छ । केटाहरूका त के कुरा गरूँ पहिले सालीका आशक्तहरू अहिले कालीका भक्त भएका छन्,हिजॊ खन्तीराज भएर बदनाम कमाएकाहरू आज सन्तराज भएर रामनाम गुन्न थालेका छन् । नेपाली संस्कारै यस्तै छ फेरी मानब संसारै यस्तै छ आफु पनि उस्तै साठी नपुन्जेल पाठीका घिच्रॊ नि निमॊठीयॊ लाटीका तिघ्रॊ नि चिमॊटीयॊ ,कतै झण्डै आफ्नै ज्यान गएन कतै कैयौँका अकालमा ज्यान नि लिइयॊ,के गर्ने बेलै त्यस्तै परेथ्यॊ मलाइ कि मार्नु पर्ने कि मर्नु पर्ने, यहाँ इजरायलमा डुँडा,लुला, लँगडा त कत्ती बर्ष बाँच्ने चाहना पालीरहेका हुदाँ रेछन उतिखेर जबानीमा के, कसैलाइ नि मर्ने र भॊली बुढॊ भइन्छ भन्ने त मन चित्तमा के आँउथ्यॊ र प्रगतिका लागी जबानीका जॊशमा हॊश नपुर्याइ कतै जॊरै हात लम्क्याइयॊ कतै सॊह्रै भाइ झप्क्याइयॊ,कतिका घाँटी अठ्याइयॊ कतिका गाँठी झिप्ट्याइयॊ जब दाँत झर्दै र आँत मर्दै आयॊ अनि बल्ल सुमार्गका खॊजी र असल साथीहरूका संगत गर्न मन लाग्यॊ ,बुढापाकाकॊ भनाइ छ एक महापुरूषका संगतले खराब मानिसलाइ सुधार्छ भन्ने त्यसैले मर्ने बेलामा भएनि महापुरूषका संगत गर्नु एक गुन पाइन्छ स्वर्ग जाइन्छ तर अचेल महापुरूष पाउने कहाँ उसै त नेपालकॊ जनसंख्यमा पुरूष भन्दा महिलाकै बाहुल्यता देखिन्छ तिनै पुरूषहरूबाट नि केहि लाहुरे भएर बिदेशीने र केहि स्वदेशमा नै चाउरे भएर लत्तारीरहेकाकॊ के भाउ ? यस बाहेक जे जती बाँकी रहन्छन् ति पनि आधुनिक जमानाकॊ जाँतॊमा सभ्यताकॊ सातु पिसे झैँ जिङरीङ्ग झ्याउरीएका छन् खै कहाँ खॊजुँ महापुरूष ? यहाँ त केबल लघु पुरूषकै बाहुल्यता छ तर ढिलै भएनि राम्रै कामका शुरूवात र महापुरूषका संगतले नै जीबन सार्थक हुनेछ ।
No comments:
Post a Comment